कार्यालयकाे परिचय

कार्यालयकाे परिचय 

नेपालमा २०१३ सालमा निजी वन राष्ट्रियकरण ऐन लागू भएपछिको प्रभाव स्वरुप सरकारी वनको मुख्यत संरक्षणको लागि २०१६ साल कार्तिक २ गते पोखरा फरेष्ट डिभिजनको स्थापना भयो। त्यसको कार्य क्षेत्र गण्डकी र धौलागिरी अंचलको सम्पूर्ण भाग थियो। २०३४ सालमा संगठनात्मक परिमार्जन हुँदा पोखरा फरेष्ट डिभिजनको कार्यक्षेत्र कास्की जिल्ला र स्याङजा जिल्लामा मात्र सिमित रह्यो।

२०४० सालको पुर्नसंगठनात्मक परिमार्जनमा स्याङजा जिल्ला मात्र कार्यक्षेत्र रहने गरी जिल्ला वन कार्यालय, स्याङजाको रुपमा स्थापना भयो।

यसरी संगठन परिमार्जन हुने क्रममा २०५० सालमा नयां वन संगठन अनुसार जिल्लालाई ग वर्गको जिल्ला कायम गरी एउटा ईलाका वन कार्यालय र ८ वटा रेन्जपोष्ट कायम गरिएकोमा २०७० मा पुनरसंरचना गरी एउटा सेक्टर कार्यालय र ८ वटा इलाका वन कार्यालय गरियो। नयाँ संविधान जारी भए पछि २०७५ (पछिल्लो पटक) को परिमार्जनमा डिभिजन वन कार्यालय, स्याङजा नामाकरण भई डिभिजन अन्तर्गत ८ वटा सव-डिभिजन वन कार्यालय रहेको छ।

डिभिजन वन कार्यालय, स्याङ्जाको सांगठनिक संरचना

डिभिजनल वन अधिकृत वन ज. फ. १ जना
योजना तथा व्यवस्थापन शाखा वन अधिकृत –  वन ज. फ. – ३ जनारेन्जर – वन ज. फ. – १ जनाफरेष्टर – वन ज. फ. – ५ जनावन रक्षक – वन ज. फ. १ जना      
कर्मचारी प्रशासन शाखा ना.सु. – सा. प्र. १ जनाखरिदार – सा. प्र. १ जनाह.स.चा. – सा. प्र. १ जनाकार्यालय सहयोगी – सा. प्र. २ जनाचौकिदार – सा. प्र. १ जना 
आर्थिक प्रशासन शाखा लेखापाल- लेखा १ जना
सव डिभिजन वन कार्यालय ८ वटा वन अधिकृत –  वन ज. फ. – १ जनावन रक्षक – वन ज. फ. ४ जना 

डिभिजन वन कार्यालयको मुख्य उद्देश्यहरु र कार्यहरु
डिभिजन वन कार्यालयको मुख्य उद्देश्य समग्रमा वन क्षेत्र समेत जिल्लामा रहेका प्राकृतिक श्रोत तथा सम्पदाहरुको संरक्षण, सम्वर्धन, व्यवस्थापन र सदुपयोग गर्दै वन क्षेत्रमा हरित रोजगारी सृजना गरी जनताको आर्थिक स्तरमा टेवा पुर्याउनुका साथै जीविकोपार्जनमा सुधार ल्याइ विकास र वातावरण विच सन्तुलन कायम गर्दै नेपाल तथा प्रदेश सरकारले तय गरेको नीति नियम एवं निर्देशनलाई कार्यान्वयन गर्न जिल्ला स्तरीय भूमिका निर्वाह गर्नु रहेको छ ।

डिभिजन वन कार्यालय स्याङ्जाले उल्लेखित उद्देश्य पुरा गर्न निम्न कार्यहरु संचालन गर्दै आएको छ।
१.  जिल्ला भित्र रहेका वनको संरक्षण, सम्वर्धन तथा दिगो व्यवस्थापनमा सहयोग पुर्याउने ।
२. स्थानिय स्तरमा माग हुने काठ, दाउरा, घाँस लगायतका वन पैदावरहरुको सरल तथा सतत रुपमा उपलव्ध गराउने ।
३.  जिल्लाभित्रका वन र वनक्षेत्रसंग सम्वन्धित योजना तयारी तथा कार्यक्रम कार्यान्वयन गर्ने ।
४.  जिल्लामा रहेका संभावित सामुदयिक वन क्षेत्र र कवुलियती वन क्षेत्र स्थानीय उपभोक्तहरुलाई नियमानुसार हस्तान्तरण गर्ने ।

५.  सामुदायिक वन, कवुलियती वन, निजी वन, कृषि वन, धार्मिक वन विकासको लागि आवस्यक प्राविधिक सहयोग उपलव्ध गराउने ।

६.  वन क्षेत्रसंग सम्वन्धित अन्य काम कारवाहीहरु प्रचलित ऐन कानुन वमोजिम संचालन र कार्यान्वयन गर्ने गराउने
७.  गैह्काष्ठ वन पैदावरको संरक्षण तथा कृषि वन विकासका लागि कार्यक्रम योजना तर्जुमा र कार्यान्वयन गर्ने गराउने ।
८.  वन, वन्यजन्तु, जैविक विविधता र यसको वासस्थानको संरक्षण तथा व्यवस्थापन गर्ने ।
९.  वन क्षेत्रको माध्यमबाट रोजगारी सृजना एवं वन पैदावर विक्री वितरणवाट अर्थतन्त्रमा टेवा पुर्याउने ।
१०.  जिल्लाभित्र विभिन्न सरोकारवालाहरुको माग वमोजिम विरुवा उत्पादन, वितरण, वृक्षारोपण जस्ता कार्यमा आवश्यक सहयोग उपलव्ध गराउने ।
११.  वन विकाससंग सम्वन्धित सरोकारवाला कार्यालय तथा विभिन्न संघसंस्था संग समन्वय र आवश्यक सहयोग पुर्याउने ।

१२.  वन क्षेत्रसँग सम्वन्धित कार्यक्रमहरुमा जनसहभागीता जुटाउँदै आवश्यक सिप र ज्ञान हस्तान्तरण गर्ने ।

१३.  वन क्षेत्रसँग सम्वन्धित अन्य तोकिए वमोजिमका कार्यहरु गर्ने ।

स्याङ्जा जिल्लामा वन सम्पदाको व्यवस्थापन पक्ष

वन ऐन २०७६ ले संरक्षित क्षेत्र वाहिर रहेको वनलाइ स्वामित्वको आधारमा राष्टि«य वन र निजी वन गरी दुइ प्रमुख भागमा विभाजन गरेको छ । यसै गरि व्यवस्थापन जिम्मेवारीको आधारमा राष्टि«य वनलाइ पुनM सरकारद्दारा व्यवस्थित वन, वन संरक्षण क्षेत्र, सामुदायिक वन, कवुलियती वन, साझेदारी वन, धार्मिक वन गरि छ भागमा विभाजन गरिएको छ ।

स्वामित्वको आधारमा स्याङ्जा जिल्लामा वनको अवस्था

क्र.सं.वनको किसिमसमुह/ वन संख्याक्षेत्रफल (हेक्टर)कैफियत
राष्टि«य वन   
१.१सामुदायिक वन५२३  
१.२कवुलियती वन१४९७.९७ 
१.३धार्मिक वन१२.११ 
१.४साझेदारी वन०००० 
१.५पंचासे वन संरक्षण क्षेत्र२०३४.४६ 
१.६सरकारद्दारा व्यवस्थित वन ४४४८.०० 
निजी वन६०४७.४६डि.व.का.मा दर्ता भएका