कार्यालयकाे परिचय

कार्यालयकाे परिचय 

नेपालमा २०१३ सालमा निजी वन राष्ट्रियकरण ऐन लागू भएपछिको प्रभाव स्वरुप सरकारी वनको मुख्यत संरक्षणको लागि २०१६ साल कार्तिक २ गते पोखरा फरेष्ट डिभिजनको स्थापना भयो। त्यसको कार्य क्षेत्र गण्डकी र धौलागिरी अंचलको सम्पूर्ण भाग थियो। २०३४ सालमा संगठनात्मक परिमार्जन हुँदा पोखरा फरेष्ट डिभिजनको कार्यक्षेत्र कास्की जिल्ला र स्याङजा जिल्लामा मात्र सिमित रह्यो। २०४० सालको पुर्नसंगठनात्मक परिमार्जनमा स्याङजा जिल्ला मात्र कार्यक्षेत्र रहने गरी जिल्ला वन कार्यालय, स्याङजाको रुपमा स्थापना भयो।

यसरी संगठन परिमार्जन हुने क्रममा २०५० सालमा नयां वन संगठन अनुसार जिल्लालाई ग वर्गको जिल्ला कायम गरी एउटा ईलाका वन कार्यालय र ८ वटा रेन्जपोष्ट कायम गरिएकोमा २०७० मा पुनरसंरचना गरी एउटा सेक्टर कार्यालय र ८ वटा इलाका वन कार्यालय गरियो। नयाँ संविधान जारी भए पछि २०७५ (पछिल्लो पटक) को परिमार्जनमा डिभिजन वन कार्यालय, स्याङजा नामाकरण भई डिभिजन अन्तर्गत ८ वटा सव-डिभिजन वन कार्यालय रहेको छ।

डिभिजन वन कार्यालय, स्याङ्जा © 2018 | Design and Developed by : Vision Computer Sewa - ९८४६०८४३१५ | Email: visioncomputersewa@gmail.com