जिल्लाकाे परिचय

स्याङ्जा जिल्लाको संक्षिप्त परिचय

नेपालका ७७ जिल्लाहरु मध्ये स्याङ्जा जिल्ला गण्डकी प्रदेशमा पर्ने एक पहाडी जिल्ला हो । पूर्वमा तनहुँ,  पश्चिममा गुल्मी र पाल्पा, उत्तरमा पर्वत र कास्की तथा दक्षिणमा पाल्पा (कालीगण्डकी नदी) पर्ने यस जिल्लाको कुल क्षेत्रफल ११६४ वर्ग किलोमिटर रहेको छ । यो जिल्ला समुन्द्र सतहवाट ३६६ मिटर ( केलादीघाट) दखि २५१५ मिटर (पञ्चासे) सम्म रहेको छ । नेपालको कुल क्षेत्रफलको ०.७९% भाग ओगट्ने यस जिल्लाको औषत लम्वाइ ३२ कि. मि. र औषत चौडाइ २० कि. मि. रहेको छ । नेपालको मुख्य र पुरानो लोकमार्ग मध्येको सिद्दार्थ लोकमार्गको ७९ कि. मि. पक्की सडकले स्याङ्जा जिल्लालाइ सुगम वनाएको छ । त्यसै गरि हालसम्म मुलुकको सवैभन्दा ठुलो जलविधुत आयोजना कालीगण्डकी ए (१४४ मेघावाट) पनि यसै जिल्लाको कालीगण्डकी गाउँपालिकामा पर्दछ । हाल यस जिल्लामा ५ वटा नगरपालिका र ६ वटा गाउँपालिका गरि जम्मा ११ स्थानिय तहहरु रहेका छन् । वि. सं. २०७८ को जनगणना अनुसार स्याङ्जा जिल्लाको जनसंख्या वृद्दिदर –१.२१ प्रतिशत रहेको छ ।

  • स्याङ्जा जिल्लाको भू– उपयोगिताको स्थिती

यस जिल्लाको कूल क्षेत्रफल र भू–वर्गिकरणको तथ्यांक विभिन्न श्रोत अनुसार फरक फरक पाईएता पनि नापी कार्यालयवाट प्राप्त तथ्यांकलाई आधार मानी कार्य गरिएको छ । यस जिल्लाको समग्र भू–उपयोगको स्थिती विवरण तलको तालिकामा प्रस्तुत गरिएको छ ।

सि.नं.भू–उपयोगीताक्षेत्रफल (हे.)प्रतिशत
कृषिजन्य भूमि६७६६५.१९६६.७६
वन जंगल२०७३३.४९२०.४६
वुट्ट्यान घांसे मैदान४४५८.९४४.४०
अन्य (चट्टान, खोला, वगर आदी)८४९१.३८८.३८
 जम्मा१०१३४९      .००१००.००
  • स्याङ्जा जिल्लामा वनको वर्गिकरण  

      नापी कार्यालयको तथ्यांक वमोजिम वनको प्रभावकारी क्षेत्रफल (वन र वुट्यान, घाँसे मैदान समेत) २५१९२ हेक्टरलाइ आधार मान्दा स्याङ्जा जिल्लाको वनलाइ प्रजातीको वाहुल्यताको आधारमा निम्न किसिममा वर्गिकरण गरिएको छ ।

सि.नं.वनको किसिमक्षेत्रफल (हे.)प्रतिशत
चिलाउने कटुसको वन१४३९९५७.१६
सालको वन५३२०२१.११
खयर सिसौको वन४४०१.७५
खर्सु, रक्चन र लालीगुराँसको वन२४८३९.८६
सल्लाको वन१६२५६.४५
चरन र झाडी वुट्यान क्षेत्र९२५३.६७
 जम्मा१०१३४९      .००५७.१६